ad ad

समाज


काभ्रेमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो, दुईको मृत्यु

काभ्रेमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो, दुईको मृत्यु

नेपालखबर
भदौ ३, २०७७ बुधबार १२:९,

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको संख्या सय नाघेको छ। बुधबार पाँच थपिएपछि संक्रमितको संख्या जिल्लामा १०२ पुगेको छ।

 बुधबार धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ को २९ वर्षीय एक महिला र बनेपा नपा–१३ को एक पुरुषमा कोराना संक्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ। मंगलबार अस्पतालको छ कर्मचारीसहित १६ मा कोरोना संक्रमण भएको थियो।

केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सक्रमितको संख्या बढ्दै गएको पाइएको छ। सोमबार चार, आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा संक्रमण देखिएको थियो। संक्रमित काभ्रेलीको तथ्यांक उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन्।

हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए। उनका अनुसार कुल संक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन्। बाँकी संक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ शय्याको क्वारेन्टिन तथा ३९ शय्याको आइसोलेशन बेड व्यवस्थित गरेका छन्। पोष्टका अनुसार हाल स्थानीय तहलगायत संस्थाको क्वारेन्टिनमा ७६ पुरुष र १३ महिला बसेका छन्। छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन्। हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .