जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा भदौ ४ गते मध्यराति देखि १४ गतेसम्म अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ।
बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
अत्यावश्यक सेवा वा वस्तुबाहेकका सबै सबै प्रकारका उद्योग, व्यापार ब्यवसाय सञ्चालन नगर्ने, औषधि खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, अत्यावश्यक काममा घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्ने लगायतका निर्णय गरिएको छ।
पछिल्लो समय विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाब्यापी रुपमा वा स्थानीय तहहरुमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्।
काठमाडौं उपत्यकामा पनि आज (बुधबार) रातिदेखि एक हप्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन बन्देज लगइएको छ।
Shares
प्रतिक्रिया