दाङको लमही नगरपालिका ७ बनघुर्सीमा एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु भएको छ।
एम्बुलेन्समा सवार राजपुर गाउँपालिका ७ भैसाहीकी ३५ वर्षीया कमला विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे१च १६४५ नम्बरको एम्बुलेन्स रोकेर पुनः हिँड्ने क्रममा एम्बुलेन्समा सवार उनी खसेकी थिइन्।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। एम्बुलेन्ससहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया