रुकुम पश्चिमको चौरजहारीमा प्रहरीमाथि कुटपिट भएको छ।
चौरजहारी नगरपालिका-८ की एक महिलामाथि हातपात गर्ने युवालाई पक्राउ गर्न गएका प्रहरी कुटिएका हुन्।
इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीमाथि टाटागाउँका २१ वर्षीय टिकाराम ओलीले कोदालोले हानेको प्रहरीले जनाएको छ। कोदालोले लागेर घाइते भएका प्रहरी हवल्दारको स्थानीय मिसन अस्पतालमा उपचार भइरहेको छ।
टिकारामलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना फरार छन्।
प्रतिक्रिया