‘पाइलट हुँ’ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने मकवानपुर नामटार २ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवार पक्राउ परेका हुन्।
सुनुवारले विगत १ वर्षदेखि रोहिनजंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफूलाई नेपाल एयरलाइन्सको पाइलट हुँ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई डेराबाट पक्राउ गरेको हो। सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
3
Shares
प्रतिक्रिया