ad ad

समाज


कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा

कञ्चनपुरको भीमदत्तनगरमा  वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा

नेपालखबर
भदौ ६, २०७७ शनिबार ५:५२,

कञ्चनपुर कञ्चनपुरको भीमदत्तनगरमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

वातावरण विभागको रु एक करोेडको लागतमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रमा वायुको गुणस्तर मापन गर्ने सोलार प्यानलसहितका उपकरण, कन्टेनर, डिस्पले बोर्डलगायत राखिएका छन्।

डिस्पले बोर्डमा भीमदत्त नगरसहित देशभरिको वातावरणसम्बन्धी जारी दिइने व्यवस्था गरिएको छ। नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाका अनुसार केन्द्रले २ दशमलव ५ माइक्रोमिटरभन्दा साना धुलो पानीलगायतका कणहरुको मापन गर्नेछ। बजार क्षेत्रको प्रदूषणको अवस्था के कस्तो छ भन्नेबारे जानकारी दिने छ शाखा प्रमुख ठगुन्नाले भने, ‘डिस्पेले बोर्डमा देशभरिकै हावाको गुणस्तरबारे जानकारी लिन सकिने छ।’

केन्द्रमा राखिएका उपकरणको मद्दतले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा कतातर्फ बगिरहेको छ, त्यसबारेमा समेत जान्न सकिने छ। सामान्यतया वायु गुणस्तर इन्डेक्सको सूचक ५० भन्दा कम भयो भने हावाको गुणस्तर राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सुरक्षित मानिन्छ। त्यसभन्दा माथि जति धेरै हुन्छ स्वास्थ्यका लागि त्यति धेरै हानीकारक हुन्छ।

वायु गुणस्तरको सूचक ३०० भन्दा बढी भयो भने मानव स्वास्थ्यको लागि निकै खतरा मानिन्छ। उनका अनुसार भीमदत्तनगर बजार क्षेत्रको हावाको गुणस्तर सुरक्षित रहेको छ। रासस­­

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .