भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएका छन्।
यो भारतमा एकैदिन देखिएका कोरोना संक्रमित संख्याको सबैभन्दा उच्च संख्या हो।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ७९४ को मृत्यु भइसक्दा २२ लाख २२ हजार उपचारपछि स्वस्थ बनेका छन्।
भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित छन्। एजेन्सी
प्रतिक्रिया