सुदूरपश्चिमका तीन जिल्लामा सोमबार ५७ जना कोरोना संक्रमित थपिएका छन्।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुर, कैलाली र बैतडीमा गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कैलालीका ४७ जना, कञ्चनपुरका ९ जना र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख ईश्वरी प्रसाद भुसालले बताए।
उनका अनुसार सबैभन्दा बढी कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, गौरीगंगा नगरपालिकाका ७ जना, टीकापुर नगरपालिकाका ८ जना, जानकी गाउँपालिकाका एक जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका एक जना र बैतडीको आर्मी क्याम्पका एक जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया