ad ad

समाज


कास्की र तनहुँका थप १३ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १९०८ पुग्यो

कास्की र तनहुँका थप १३ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या १९०८ पुग्यो

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ४:६,

कास्की र तनहुँँ जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९०८ पुगेको सो प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तीमध्ये हालसम्म १६३९ जना संक्रमित निको भइसकेका छन्।

सो निर्देशनालयले मंगलबार बिहान दिएको जानकारीअनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ७ जना र तनहुँ भानु नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमध्ये पोखरा–४ का दुई पुरुष सुरक्षाकर्मी हुन् भने पोखरा–१० का पुरुष दुबईबाट स्वदेश फर्केका व्यक्ति हुन्।

थप विवरणसहित निर्देशनालयद्वारा जारी विज्ञप्ति:

Gandaki-notice.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .