ad ad

समाज


कोरोना संक्रमित उज्यालाे नहुँदै आइसोलेसनबाट फरार

कोरोना संक्रमित उज्यालाे नहुँदै आइसोलेसनबाट फरार

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ४:२०,

चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना सङ्क्रमित भागेका छन्।

भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय युवा मंगलबार बिहान ५ बजे भागेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार सुरु गरिएको थियो।

केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .