ad ad

समाज


पहिरोले घर पुर्दा युवतीको मृत्यु

पहिरोले घर पुर्दा युवतीको मृत्यु

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ७:१६,

अविरल वर्षाका कारण पहिराले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ।

ढोरपाटन नगरपालिका­९ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारकी १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट मंगलबार बिहान १ बजे खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ।

प्रकाश परियारका दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र पूजा अर्को घरमा सुतेका अवस्थामा पहिराले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो। पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .