नेपाली सेना, नेपाल प्रहरी र नगरपालिकाका कर्मचारीसहित बिहीबार गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितहरुमा बागलुङका ८, पर्वतका १, लमजुङका ४, तनहुँका ९, नवलपरासी (सुस्तापूर्व)का ३ गरी २५ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
संक्रमितहरुमध्ये बागलुङका १ जना नेपाल प्रहरी, लमजुङका २ जना नेपाली सेना र १ जना नगरपालिकामा कार्यरत कर्मचारी रहेको डा. शर्माले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९७७ पुगेको छ भने निको हुनेको संख्या १ हजार ६६५ रहेको छ।
गण्डकी प्रदेशमा आज पोखराकी ३२ वर्षीया महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
प्रतिक्रिया