कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ।
कृष्णपुर नगरपालिका —२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो।
गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेका सार्कीको विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा ती महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए।
बुधबार बेलुका ६ बजेदेखि नदीमा थुनिएकी ती महिलालाई सकुशल उद्धार गरिएको उनले बर्ता। वैलकुण्डी शिविरकी ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन्। रासस
प्रतिक्रिया