बारामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका– २ भूूतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना ६१ प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताइएको छ। मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ। रासस
प्रतिक्रिया