ad ad

समाज


दुई पर्यटन प्रहरीसहित गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

दुई पर्यटन प्रहरीसहित गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ४:५०,

गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १७ जना नयाँ संक्रमित भेटिएका हुन्।

शुक्रबार बिहान कोरोना पुष्टि हुनेहरुमा नवलपरासी (सुस्तापूर्व)का ८ जना, तनहुँका ४, कास्कीका ३ र लमजुङका २ जना रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले अनुसार नवलपरासी देबचुली–१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत रहेका छन् भने लमजुङ मर्स्याङ्दी–४ का संक्रमित भारतबाट आएका हुन्। पोखरा महानगरपालिका–१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी हुन। अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पत्तालागेका हुन्।

संक्रमित भएका सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ भने १ हजार ६७२ जना निको भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .