विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
ती महिलाको शुक्रबार बिहान पौने ११ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए।
सिरहाको लाहन घर भएकी ६५ वर्षीया ती महिलालाई बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे अस्पतालमा भर्ना गरिएको थियो।
शुक्रबार बिहान स्वासप्रस्वासमा समस्या बढेपछि ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
योसँगै शुक्रबार नै मोरोङमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ। यसअघि शुक्रबार बिहान नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङको बेलबारी नगरपालिका ५ कि ५६ वर्षीया महिलाको मृत्यु भएको थियो।
प्रतिक्रिया