अरुआ शहरमा भारी वर्षा भइरहँदा बालबालिका फुटबल खेलिरहेका थिए।
पानी परिरहेकै समयमा फुटबल खेलिरहेका बालबालिकामाथि चट्याङ परेको बीबीसीले जनाएको छ।
१३ देखि १५ वर्षका बालबालिकाहरुको मृत्यु भएको बताइएको छ। ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।
घाइते ३ जनाको भने यतिबेला उपचार भइरहेको छ।
प्रतिक्रिया