१७ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गरेर फरार चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जानकी गाउपालिका–९ पूर्व खैरीफाँटाका १८ वर्षीय लोकेन्द्र रावत, १८ वर्षीय कुमार कडारा, १८ वर्षीय शंकर विश्वकर्मा र २० वर्षीय दीपक कडारा रहेका छन्।
यही भदौ ११ गते राति १० बजे टिकापुरस्थित काकाको घरबाट फर्किंदै गरेकी १७ वर्षीया किशोरलाई कैलाली जानकी गाउपालिका–९ मा जबर्जस्ती खेतमा लगेर ती युवाले सामुहिक बलात्कार गरेका थिए।
बलात्कारपछि चारै जना युवा फरार भएका थिए। उनीहरुलाई आइतबार ईलाका प्रहरी कार्यालय टिकापुरको टोलीले पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया