ad ad

समाज


प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

नेपालखबर
भदौ १४, २०७७ आइतबार ८:१०,

नेपाल पत्रकार महासंघले प्रेसको दुरुपयोग गर्नेको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा सञ्चारकर्मीको परिचय दिँदै सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ।

जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको भन्दै यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघको ठहर छ।

महासंघले पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गनुका साथै आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न आग्रह गरेको छ। त्यस्तै महासंघले आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र यसको दुरुयोग हुनबाट जोगाउन सञ्चारकर्मीलाई आग्रह समेत गरेको छ।

‘प्रेसपासको दुरुपयोग रोक्न महासंघ नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई हार्दिक आग्रह गर्दछ। प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .