ad ad

समाज


निषेधाज्ञाको ११ औं दिनः अटेरी गर्ने क्रम बढ्दै

निषेधाज्ञाको ११ औं दिनः अटेरी गर्ने क्रम बढ्दै

नेपालखबर
भदौ १४, २०७७ आइतबार ८:३८,

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आज ११ दिन पुगेको छ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरातदेखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका थिए। निषेधाज्ञा जारी भएपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ। तरपनि मानिसहरुले निषेधाज्ञाको पालना गरेका छन्।

आज (आइतबार) काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा निषेधाज्ञाको पालना भएको पाइएको छ। उपत्यकाका मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिएको छ। यस्तै फुटपाथमा पनि मानिसहरुको आवागमन न्यून देखिन्छ। प्रहरीले सवारी साधनको चोकजाँचलाई कडाई पारेको छ। निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारबाही स्वरुप दिनभर होल्ड गरेको छ। उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो।

सडकमा अत्यावस्यक सेवा क्षेत्रका एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल ढुवानी लगायतका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएका छन्। तर विभिन्न अनलाइन व्यापारका लागि ढुवानी गर्ने सवारी साधनलाई भने प्रहरीले कारबाही गरेको देखिन्छ।

उपत्यकाका भित्रि सडक क्षेत्र पनि सुनसान रहेका छन्। अत्यावस्यक वस्तु, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेको देखिन्छ भने दिउँसोको समयमा पूर्णरुपमा बन्द रहेका छन्।

मानिसहरु विहानको समयमा आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन्। औषधि पसलरु भने दिउसकोको समयमा पनि खुलेको देखिन्छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .