ad ad

समाज


सरकारले घटायो कोरोना परीक्षणको भाउ, हटाइयाे अतिरिक्त शुल्क

सरकारले घटायो कोरोना परीक्षणको भाउ, हटाइयाे अतिरिक्त शुल्क

नेपालखबर
भदौ १४, २०७७ आइतबार ९:५४,

स्वास्थ्य मन्त्रालयले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क घटाएको छ।

आइतबार मन्त्रालयमा बसेको नियमित बैठकले सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालखबरलाई बताए।

मन्त्रालयको निर्णयमा भनिएको छ, ‘सःशुल्क रुपमा कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले कोभिड–१९ को पीसीआर परीक्षण वापत सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने।’

यसअघि सरकारले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो भने आफ्नै ल्याव नभएका अस्पतालले स्वाब संकलन गरेको हकमा अतिरिक्त १० प्रतिशत लिन पाउने छुट समेत दिएको थियो। नयाँ निर्णय अनुसार आफ्नै ल्याब भएका अस्पतालले पहिलेको तुलनामा ११ सय रुपैयाँ कममा गर्नु पर्नेछ भने आफ्नो ल्याव नहुनेले पनि ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन्।

अब उनीहरुले ल्याव छैन भनी सरकारले तोकेको दरभन्दा १० प्रतिशत थप पनि लिन पाइने छैन।

यसअघि केही अस्पतालले सरकारले तोकेभन्दा पनि बढी शुल्क लिएको पाइएको थियो। ग्राण्डी र क्यान्सर अस्पतालले ७ हजार ५ सय रुपैयाँ लिने गरेका थिए।

यसअघि तोकेभन्दा बढी शुल्क लिने अस्पताललाई के कारबाही गर्ने भन्ने विषयमा भने आइतबार छलफल नभएको मन्त्रालय स्रोतले जनाएको छ।

टेकु अस्पताल र केहि अन्य सरकारी अस्पतालले संक्रमितहरुको सम्पर्कमा रहेकालाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरी त्यस्ता व्यक्तिहरुको निःशुल्क नै परीक्षण गर्दै आएका छन्।

पैसा तिरेर आफूमा कोरोना छ छैन भनी परीक्षण गर्न चाहनेहरुका लागि सरकारले शुल्क तोकेको हो।

याे पनि:
कोरोना परीक्षणमा मनपरी शुल्क : ५ सयदेखि ७५ सयसम्म उठाउँदै राजधानीका अस्पताल (सूची)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .