लोकप्रिय भारतीय टेलिसिरियल ‘भाभीजी घर पर है’बाट चर्चित बनेकी अभिनेत्री शिल्पा सिन्देले नयाँ कमेडी सो ‘ग्यांग्स् आफ फिल्मिस्तान’मा काम नगर्ने सोच बनाएको बताएकी छन्।
निर्माण समूहसँग विवाद परेपछि भाभीजी घर पर है समेत छाडेकी सिन्देले नयाँ शो सुरु हुनुभन्दा पहिले नै छाड्ने तयारी गरेकी हुन्।
उनी उक्त शोको निर्माण समूहसँग खुसी छैनन्। उनले एक अन्तर्वार्तामा आफू अर्का अभिनेता सुनिल ग्रोवरसँग काम गर्न तयार नरहेको प्रतिक्रिया दिएकी थिइन्।
‘मैले पहिले नै सर्तराखेकी थिए कि सुनिल ग्रोवरसँग काम गर्दिन भनेर। तर उनीहरुले ग्रोवरले काम गर्दैनन् भनेर मसँग झुठ बोले। पछि उनी पनि यो शोको हिस्सा भएको मलाई थाहा भयो’, उनले उक्त अन्तवार्तामा भनेकी छन्।
उनले सुनिलले काम गरे पनि आफ्नो मुमिकासँग कुन लेनदेन नहुने भनेर निर्माण समूहले जानकारी गराएको समेत उनले जानकारी दिएकी छन्।
Shares
प्रतिक्रिया