शिक्षक अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका ८ कार्यकर्ता पक्राउ परेका छन्।
सिन्धुलीको तीनपाटन गाउँपालिका–८ तिल्पुङडांडास्थित भीमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारीको अपहरणमा संलग्न ८ जना पक्राउ परेका हुन्।
सुनसरी धरान उपमहानगरपालिका–६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो र अरु ७ जनालाई आतबार पक्राउ गरिएको प्रहरी श्रोतले जानकारी दिएको छ। उनीहरुको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।
शनिबार पक्राउ परेकी प्रतिमाको साथबाट २ वटा खाली सकेट बम र १ थान सुतली बम बरामद भएको प्रहरीले जनाएको छ।
आइतबार पक्राउ परेका ७ जनाको साथमासमेत हतियार फेला परेको छ। पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीतर्फ ल्याउँदैछ।
विद्यालयमा छात्रवृत्ति बाँडिरहेको अवस्थामा प्रधानाध्यापक भण्डारीलाई १२÷१५ जनाको समूहमा आएका विप्लव कार्यकर्ताले अपहरण गरेका थिए।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयसहित विभिन्न चौकीबाट खटिएको प्रहरीले लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल उद्धार गरेको थियो।
प्रतिक्रिया