प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। आइतबार प्रदेश २ मा २२७ संक्रमित भेटिएसँगै यहाँ संक्रमितको संख्या १० हजार नाघेको हो।
पछिल्लो २४ घण्टामा धनुषामा सबभन्दा बढी ७१ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यस्तै महोत्तरीमा ३५ जना, सिरहा २ जना, बारा ३०जना, पर्सा ४९ जना, सर्लाही ३५ जना, सप्तरी ४ जना र रौतहटमा १ जना संक्रमित फेला परेको समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
यो संँगै प्रदेश २ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या १० हजार २२ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा १९ जना महिला सहित ११४ जना उपचार पश्चात कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।
हालसम्म यस प्रदेशमा कोरोनाबाट ८६ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया