प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।
आइतबार प्रदेश २ मा २२७ संक्रमित भेटिएसंगै यहाँ संक्रमितको संख्या १० हजार नाघेको हो।
आइतबार पछिल्लो २४ घण्टामा धनुषामा सबभन्दा बढी ७१ जनामा संक्रमण भेएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यस्तै महोत्तरीमा ३५ जना, सिरहामा २ जना, बारामा ३०, पर्सामा ४९, सर्लाहीमा ३५, सप्तरीमा ४ र रौतहटमा १ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
योसंगै प्रदेश २ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या १० हजार २२ पुगेको हो।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा १९ जना महिलासहित ११४ जना उपचारपछि कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ।
हालसम्म यस प्रदेशमा ८६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
प्रतिक्रिया