ad ad

समाज


पछिल्लो २४ घण्टामा ८९९ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ८९९ जनामा संक्रमण पुष्टि

नेपालखबर
भदौ १५, २०७७ सोमबार १०:४३,

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर महिला ३०३ र पुरुष ५९६ गरी उक्त संख्यामा नयाँ संक्रमित फेला परेका हुन्। ३९ हजार ४ सय ६० जना संक्रमित रहेका छन्।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए। १७ हजार ८ सय २२ जना देशभर सक्रिय संक्रमित रहेको उनले बताए। होम आइसोलेसनमा ७ हजार १ सय २१ जना रहेका छन्।

११ हजार १ सय २९ पीसीआर परीक्षण भएको छ। ७ हजार ३ सय ३७ जना क्वारेन्टिनमा र संक्रमणमुक्त हुने २१ हजार ४ सय १० जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .