नुवाकोट घर भएका दुई जना कोरोना सङ्क्रमण पुष्टि हुनेबित्तिकै सम्पर्कविहीन भएका छन्।
काठमाडौँमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन्।
कोरोना जाँचका लागि उनीहरुले काठमाडाैँमा स्वाब दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको नुवाकोट जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमुना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको हाे।
कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई सङ्क्रमण देखिएका ती व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ। रासस
प्रतिक्रिया