चिनियाँ सेना सहमति विपरित आफू नियन्त्रित भूमिमा प्रवेश गर्न खोजेको तर त्यसो हुन नदिएको भारतीय पक्षको आरोप छ।
चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई रोक्न खोज्दा झडप भएको पनि भारतले बताएको थियो।
चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताइरहँदा चीनले यस विषयमा प्रतिक्रिया जनाएको छ।
चीनले चिनियाँ सेनाले कहिल्यै दुई देशबीचको वास्तविक नियन्त्रित रेखा एलएसी पार नगरेको बताएको छ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्,‘सीमामा सेनाले कडाइका साथ निगरानी गरिरहेका छन् र हाम्रा सेनाले कहिल्यै सीमा पार गरेको छैन। दुई देशबीच विवादित मुद्दाहरुमा सन्चार भइरहेको छ।’ ग्लोबल टाइम्स
यो पनिः भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा फेरि भयो झडप
Shares
प्रतिक्रिया