काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाइ कोरोना संक्रमण पुष्टि भएको छ।
उनलाई कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी आइसोलेसनमा रहेको जनाइएको छ।
दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्निलाई काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि दुवै जनाको स्वाबको परीक्षण गरिएको थियो। तर पत्नीकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ।
‘मेयर शाक्यकी पत्निलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हिजो जाँच गराउन जानुभएको थियो। ग्राण्डी अस्पतालमा दुवैको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो,’ मेयर शाक्यको सचिवालयका एक सदस्यले भने, ‘आज रिपोर्ट आउँदा उहाँकी पत्निको रिपोर्ट नगेटिभ र मेयरको पोजिटिभ आएको छ।’
मेयर शाक्यमा कुनै पनि लक्षण नदेखिएको र घरमै आइसोलेसनमा रहेको उनले बताए ।
प्रतिक्रिया