तर त्यहाँ ट्रम्पले ब्लेकको परिवारलाई भने नभेटेको बताइएको छ। हालै प्रहरीले ७ गोली हान्दा ब्लेकको कम्मर मुनिको भाग प्यारालाइज भएको छ।
प्रहरीले ब्लेकलाई गोली हान्नुको कारण हालसम्म पनि खुलाएको छैन। यस घटनापछि अमेरिकाका विभिन्न स्थान आशान्त बनेको छ। मानिसहरुले प्रहरीको ज्यादतीविरुद्ध आन्दोलन चर्काएका छन्। यस क्रममा त्यहाँ हिंसात्मक गतिविधि बढेको छ।
यसबीचमा ट्रम्प कानुन कार्यान्वयनलाई बल दिनभन्दै केनोसा भ्रमणका लागि गएका हुन्। उनले त्यहाँ पुगेर प्रहरीकै बचाउ गरेको तर पीडित परिवारलाई भने नभेटेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
ब्लेकका परिवारले आफ्ना वकिलहरूको उपस्थितिमा भेट हुनुपर्ने भनेपछि ट्रम्पले पीडित परिवारलाई नभेटेको बताइएको छ।
ट्रम्पले प्रदर्शनबाट ध्वस्त भएका क्षेत्र पुगेर अमेरिकी प्रहरीले गरेका कार्यको प्रतिरक्षा गरेका थिए।
त्यहाँ उनले सञ्चारमाध्यमहरूले प्रहरीहरू मुछिएका खराब घटनामा मात्र जोड दिएको आरोप लगाएका थिए।
मङ्गलवार ट्रम्पको भ्रमण अगाडि डेमोक्रटिक पार्टीको राष्ट्रपतीय उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जो बाइडनले भनेका थिए,‘आगो दन्किरहेको छ र हाम्रा राष्ट्रपतिले त्यसलाई निभाउन छाडेर त्यो फुकिरहेका छन्।’
बाइडेनले ट्रम्पले रङ्गभेदी विभाजनलाई उकासिरहेको आरोप लगाएका थिए। एजेन्सी
प्रतिक्रिया