ad ad

समाज


पुजारीको हत्या आरोपमा दुई जना पक्राउ: लेनदेनको विवादले हत्या गरेको अभियुक्तको वयान

पुजारीको हत्या आरोपमा दुई जना पक्राउ: लेनदेनको विवादले हत्या गरेको अभियुक्तको वयान

नेपालखबर
भदौ १७, २०७७ बुधबार १२:३९,

रौतहटका पुजारीको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रौतहटको माधवनारायण नगरपालिका २ खैस्रैया चोकस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम शाहको हत्या अभियोगमा दुई जना पक्राउ परेको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा देवाही गोहानी नगरपालिका १ करुनियाका ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र सोही ठाउँका २८ वर्षीय बालकुमार पटेल रहेका छन्।

अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरुलाई बुधबार बौधिमाई नगरपालिका ७ बाट पक्राउ गरिएको डीआईजी सिंहले बताए।

भदौ तीन गते साँझ पुजारी साहको गोलि हानी हत्या भएको थियो।

प्रारम्भिक अनुसन्धानको क्रममा राम नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेलले घटनास्थलमा मानिसको आवतजावत निगरानी गरेको खुलेको छ।

राम नरेश पटेलको बुबाले रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा बिबाद भएको पाइएको छ। मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आएर खुट्टा धुने, पानी खाने र घटना हुनुभन्दा तीन दिन अघि पनि राम नरेश र पुजारी बिच बिबाद भएको खुलेको छ।

यसअघि गाउँका विभिन्न छलफलमा समेत पुजारी र राम नरेशको बिचमा पटक पटक विवाद हुने गरेको थियो। घटनामा संलग्न अन्यको खोजी भइरहेको डीआईजी सिंहले बताए।

प्रदेश नं २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .