ad ad

समाज


शशांकले भने : एक महिनादेखि घरमै छु, देउवालाई भेटेको छैन

शशांकले भने : एक महिनादेखि घरमै छु, देउवालाई भेटेको छैन

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ७:४९,

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन्।

बीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारका भ्रममा नपर्न आग्रह गरे।

कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्ने बताए।

महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको धारणा व्यक्त गरे।

साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .