ad ad

समाज


गण्डकीमा थप ४३ जनामा कोरोना पुष्टि, आजमात्रै ८३ संक्रमित थपिए

गण्डकीमा थप ४३ जनामा कोरोना पुष्टि, आजमात्रै ८३ संक्रमित थपिए

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ८:३८,

गण्डकी प्रदेशका थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार दिउँसो १.४५ को अध्यावधिक विवरण अनुसार प्रदेशमा ४३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ हजार ३९७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

निर्देशक शर्माका अनुसार शुक्रबार संक्रमित हुनेमा सबैभन्दा बढी नवलपरासी (सुस्तापूर्व) का २४ जना रहेका छन्। त्यस्तै गोरखाका १६, मनाङ, कास्की र स्याङ्जामा एक÷एक जना संक्रमित थपिएका छन्।

आज बिहान गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको थियो। विहान र दिउँसोको विवरणअनुसार गण्डकीमा आजमात्रै ८३ जना कोरोना संक्रमित थपिएका हुन।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .