विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्काे वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ।
शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताएका हुन्।
‘अहिलेसम्म परीक्षणमा रहेका कुनै खोप ५० प्रतिशत पनि प्रभावकारी हुने देखिएको छैन, उनले भने, ‘यसकारण अझै अनुसन्धानमा जोड दिन जरुरी छ।’ बीबीसी
प्रतिक्रिया