सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार उपचारको क्रममा मोरङको विराटनगर-११ घर भएकी ४३ वर्षीया महिलाको शुक्रबार साँझ मृत्यु भएको हो।
१७ भदौमा प्रादेशिक ल्याब विराटनगरमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। सुरुमा न्यूरो अस्पताल विराटनगरमा उपचार गराएकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि चार दिनअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।
उनमा उच्च रक्तचापकोसमेत समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
गए राति नै रुपन्देहीमा पनि दुई संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ७४ पुगेको छ।
याे पनि काेराेना भाइरस : रूपन्देहीमा ७ घण्टाको फरकमा थप दुई जनाको मृत्यु
प्रतिक्रिया