ad ad

समाज


नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, वीरगन्जमा २ संक्रमितको अवस्था गम्भीर

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, वीरगन्जमा २ संक्रमितको अवस्था गम्भीर

नेपालखबर
भदौ २०, २०७७ शनिबार ४:२६,

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शुक्रबार) दिउँसो कोरोना संक्रमणसम्बन्धी तथ्यांक सार्वजनिक गरेयता शनिबार बिहान ६ बजेसम्म थप ४ संक्रमितको मृत्यु भएको हो।

प्राप्त विवरणअनुसार रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एक महिला र एक पुरुष, सुनसरीको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिला र पर्साको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको हो।

गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार शुक्रबा राति साढे ११ बजेतिर पर्साको पकाहामैनपुर गाउँपालिका-२ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो।

‘एक दुई दिनयता उहाँको स्वास्थ्यमा सुधार आइरहेको थियो,’ शनिबार बिहान डा. सिंहले नेपालखबरसँग भने, ‘तर हिजो रातिबाट उहाँलाई अचानक श्वासप्रश्वासमा गाह्रो हुन थाल्यो र अचानक बित्नुभयो।’

यही भदाै ५ गते काेराेना पुष्टि भएका ती पुरुषलाई क्षयरोग पनि थियो।

डा. सिंहका अनुसार अब उक्त कोभिड अस्पतालमा ६० संक्रमित उपचाररत छन्।

‘तीमध्ये दुई जनाको अवस्था अलि गम्भीर छ,’ उनले भने, ‘उहाँहरूलाई आईसीयूमा राखिएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .