ad ad

समाज


कोरोना संक्रमणबाट धरानमा एक कैदीको मृत्यु

कोरोना संक्रमणबाट धरानमा एक कैदीको मृत्यु

नेपालखबर
भदौ २७, २०७७ शनिबार ३:२७,

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ।

इनरुवा अस्पतालबाट शुक्रबार दिउँसो धरान रिफर गरिएका सुनसरीकै रामधुनी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुष कैदीको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको थियो। ज्वरो आउँदा पनि उनको उपचारमा कारागार प्रशासनले खासै चासो देखाएको थिएन।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि शुक्रबार बिहान उनलाई इनरुवा अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था थप जटिल भएपछि उनलाई शुक्रबार दिउँसो धरान लगिएको हो।

धरानको इमर्जेन्सी कक्षमा भर्ना भएपछि उनको पीसीआर परीक्षण गरिएको थियो। सापकोटाका अनुसार उनको रिपोर्ट कोरोना पोजेटिभ आएको छ।

रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा भर्ना गर्ने तयारी गर्दागर्दै शुक्रबार साँझ उनको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

याे पनि चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .