ad ad

समाज


रोल्पामा पहिरोले घर पुर्दा ८ र ११ वर्षका दुई बालकको मृत्यु

रोल्पामा पहिरोले घर पुर्दा ८ र ११ वर्षका दुई बालकको मृत्यु

नेपालखबर
भदौ २७, २०७७ शनिबार ३:५९,

रोल्पाको लुङ्ग्री गाउँपालिका १ पाँङ ऐपेमा पहिरोले घर पुरिँदा ओछ्यानमा सुतिरहेको अवस्थामा दुई बालकको मृत्यु भएको छ।

स्थानीय ज्ञानसिंह घर्ती मगरका छोराद्वय ८ वर्षका छोरा अमर र ११ वर्षका युवराजको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।

हजुरबुवा, हजुरआमा र आमासँगै सुतेका उनीहरुको माथिबाट खसेको पहिरोले घर पुर्दा मृत्यु भएको हो। मृतक बालकका बुवा भने रोजगारीको शिलशिलामा भारतमा छन्।

बालकका आमा, हजुरआमा र हजुरबुवालाई भने खासै चोट नलागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .