स्याङ्जाका उक कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ।
स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत ती बृद्धको शनिबार बिहान साढे ६ बजे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।
ती पुरुष भदौ २४ गते कोरोना पुष्टि भएसँगै सोही अस्पतालमा उपचाररत थिए।
योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३ पुगेको छ।
प्रतिक्रिया