गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार थपिएका संक्रमितमा नवलपरासी (सुस्तापूर्व)का ३४, कास्कीका १० र गोरखाका एक जना रहेका छन्। निर्देशक शर्माले सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताए। संक्रमित सबै व्यक्तिहरुलाई आइसोलेसन केन्द्मा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको छ।
प्रतिक्रिया