भारतीय संचारमाध्यमका अनुसार हाल उनीहरुलाई भारतीय सेना समक्ष हस्तान्तरण गरिएको छ। उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ।
केही समय अगाडिदेखि अप्पर सुबानसिरी जिल्ला नजिकको भारत–चीन सीमानजिक सेरा ७ भन्ने क्षेत्रबाट माछा मार्न गएका पाँच भारतीय नागरिक वेपत्ता भएका थिए।
— ANI (@ANI) September 12, 2020Indian Army took over all five individuals (missing from Arunachal Pradesh) at Kibitu today after completing all formalities. Individuals will now be quarantined for 14 days as per COVID-19 protocol and will thereafter be handed over to their family members: PRO Defence, Tezpur https://t.co/4mI5xpxAiu
उनीहरुलाई चिनियाँ सेनाले अपहरण गरेको आशंका गरिएको थियो। हाल तनु बकर, प्रसत रिङलिङ, नागरु दिरी, दोङ्तु इबिया र तोच सिंगकाम नाम गरेका भारतीयलाई चिनियाँ सेनाले छाडेका हुन्।
रुसमा भारत र चीनका विदेशमन्त्रीस्तरीय वार्ता सकारात्मक भएपछि चिनियाँ सेनाले भारतीय नागरिक छोडिदिएका हुन्। रुसमा भएको छलफलमा भारत र चीन दुवैले तनाव साम्य गर्ने सहमति गरेका छन्। एजेन्सी
प्रतिक्रिया