ad ad

समाज


कोरोनाका कारण विश्वभर ९ लाख २० हजारभन्दा बढीको मृत्यु

कोरोनाका कारण विश्वभर ९ लाख २० हजारभन्दा बढीको मृत्यु

नेपालखबर
भदौ २७, २०७७ शनिबार ९:४८,

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने दुई करोड पाँच लाख ९४ हजार ८८४ पुगेको छ।

हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन्। तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ। त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ।

अनुपातमा हेर्दा कूल सङ्क्रमितमध्ये झण्डै ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका २१५ देशमा देखिएको छ। यसको सङ्क्रमण विश्वभरि नै फैलिएपछि अहिले महामारीको रुप लिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .