ad ad

समाज


सामुहिक बलात्कारपछि किशोरीको आत्महत्या प्रकरणमा दुई पक्राउ

सामुहिक बलात्कारपछि किशोरीको आत्महत्या प्रकरणमा दुई पक्राउ

नेपालखबर
असोज २, २०७७ शुक्रबार ७:४१,

सप्तरीको डाकनेश्वरी नगरपालिका–७ की १६ वर्षीया किशोरी संगीता मण्डललाई बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

बलात्कारपछि संगीताले आत्महत्या गरेकी थिइन्। पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय रन्जित भन्ने सरोजकुमार मण्डल र १९ वर्षीय बब्लु भन्ने सुमनकुमार मण्डल रहेका छन्।

घटनामा संलग्न अन्य दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले बताए।

गत भदौ २९ गते धानखेतमा पानी लगाउन गएकी संगीतामाथि गाउँकै चार जना युवाले सामूहिक बलात्कार गरेको आरोप छ।

बलात्कारपछि स्थानीयले समेत केही रकममा मिल्न दबाब दिएपछि किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .