ललितपुरको पाटन अस्पताल र मेघा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
पाटन अस्पतालमा ललितपुरका २ जना र सर्लाहीका १ जना तथा मेघा अस्पतालमा भक्तपुरका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पाटन अस्पतालमा सर्लाहीका ६० वर्षीय पुरुष, ललितपुरका ६८ र ७६ वर्षीया महिला तथा मेघा अस्पतालमा भक्तपुरकी ९० वर्षीय महिलाको मृत्यु भएको हो।
3
Shares
प्रतिक्रिया