ad ad

समाज


सर्लाहीको मलंगवामा दुई पक्षबीचको सम्भावित झडप रोक्न कर्फ्यु लगाइयो

सर्लाहीको मलंगवामा दुई पक्षबीचको सम्भावित झडप रोक्न कर्फ्यु लगाइयो

नेपालखबर
असोज ३, २०७७ शनिबार ९:४९,

सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीचको सम्भावित झड्पलाई रोक्नका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

शुक्रबार विश्वकर्मा पूजापछि मूर्ति सेलाउने विषयमा विवाद भएको र सोही विवादका कारण दुवै समुदायका मानिस शनिबार साेही स्थानमा भेला हुन थालेपछि सम्भावित झडप रोक्नका लागि कार्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाकारी दिए।

उनले पुरानो मलंगवा बजार क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि शनिबार दिउँसो साढे १ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताए।

‘शुक्रबार विश्वकर्मा बाबाको मूर्ति बिसर्जनका क्रममा दुवै समुदायका बीचमा विवाद र सामान्य झडप भएको थियो’, नेपालखबरसँग कुरा गर्दै प्रजिअ पौडेलले भने, ‘सोही विषयलाई लिएर आज पनि दुवै समुदायका मानिसहरु साे स्थानमा भेला हुन थालेपछि सम्भावित झडप रोक्न कर्फ्यु आदेश जारी गरेका हौँ।’

शुक्रबार साँझ सवा ५ बजे सर्लाही मलंगवा–३, विश्वकर्मा चोकस्थितबाट विश्वकर्मा पूजा गरी मूर्ति सेलाउनका लागि ट्याक्टरमा राखेर लैजाने क्रममा बाटोमा मुस्लिम समुदायको बस्तीनजिकै रहेको मस्जिदनेर आईपुग्दा चर्को आवाजमा डीजे बाजा बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद तथा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .