त्यहाँ सेल्फ आइसोलेसनमा बस्न दिइएको निर्देशन बेवास्ता गरेमा वा उक्त नियमलाई उल्लंघन गरेका त्यस्ता व्यक्तिलाई १०,००० पाउण्ड ‘१५ लाख १४ हजार ८०३ रुपैयाँ’ सम्म जरिवाना हुनसक्ने त्यहाँको सरकारले बताएको छ।
नयाँ नियम अनुसार कोरोना भाइरस सङ्क्रमण देखिएका व्यक्तिहरु साथै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुले घरमै आइसोलेसनमा बस्नुपर्नेछ।
कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि प्रधानमन्त्री बोरिस जोन्सनले प्रतिबन्धहरू कडा पार्दै गर्दा यी नियमहरू लागु गर्न लागिएको बताएका छन्।
जोन्सनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भनेको सबैले नियमको पालना गर्नुपर्ने रहेको बताएका छन्। एजेन्सी
प्रतिक्रिया