क्यानडाबाट अमेरिका प्रवेश गर्ने क्रममा न्युयोर्कको सीमामा ती महिलालाई गिरफ्तार गरिएको सीएनएनले जनाएको छ।
ती महिलाको साथबाट एक थाक बन्दुक पनि फेला परेको अमेरिकी अधिकारीहरुले बताएका छन्।
गतहप्ता मात्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई क्यानडाबाट एउटा पत्र पठाइएको थियो। उक्त पत्र ह्वाइट हाउस पुग्न अगाडि नै नियन्त्रणमा लिइएको थियो।
त्यस पत्रमा ‘रिसिन’ नामको विष लतपत गरिएको भेटिएको थियो।
यस विष सेवन गरिएमा अथवा यस विष जुनै माध्यमबाट पनि शरीरमा प्रवेश गरेमा मानिसहरुको मृत्यु हुने र यसको उपचार नहुने बताइएको छ।
हाल पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन। प्रहरीले यतिबेला यस विषयमा अनुसन्धान गरिरहेको छ।
यसअघि पनि ह्वाइट हाउसमा विषाक्त पत्र, पार्सलहरु पठाइएको थियो। एजेन्सी
प्रतिक्रिया