बाँकेमा एक जना कोरोना भाइरस संक्रमित कैदीको मृत्यु भएको छ।
गुर्भाकोट नगरपालिका–४, सहारे सुर्खेतका ५८ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु भएको हो। कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका उनको सोमबार बिहान ६ः२५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
दमको पुरानो बिरामी रहेका ती पुरुषमा श्वासप्रश्वासमा जटिल समस्या थियो । विरामी परेपछि थप उपचारका लागि उनलाई सुर्खेत कारागारबाट नेपालगंज कारागार सारिएको थियो।
भदौ २१ गते स्वाव लिएर पीसीआर जाँच गर्दा २२ गते प्राप्त रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना पुष्टिपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको सोमबार बिहान अस्पतालमा मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया