प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निधन भएका कीर्तिमानी सगरमाथा आरोही आङरिता शेर्पाप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका आङरिता शेर्पाको निधनले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताएका छन्।
‘यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु। उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
आरोहणमा विलक्षण क्षमताका कारण आङरिता हिउँ चितुवाका नामले संसारभर प्रख्यात थिए।
प्रतिक्रिया