स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लक डाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तरगतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लक डाउन गर्न सिफारिस गरेको हो।
२५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको उनले बताए। साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उनले बताए।
मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेको छ।
विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकामा स्वीकृति दिने निकायले कडाईका साथ अनुगमन गरी कारवाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
Shares
प्रतिक्रिया